हेटौंडा – दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवन पदक तालिकाको शिर्षस्थानमा रहेको छ । आयोजक बागमती प्रदेश खेलकुद विकास परिषद्ले साँझ ६ः३० बजे उपलब्ध गराएको बिवरण अनुसार २१ स्वर्ण, १८/१८ रजत र कास्य गरी कुल ५७ पदक जितेको छ ।
दोस्रो स्थामा रहेको काठमाडौंले १९ स्वर्ण, १५ रजत र १६ कास्य गरी कुल ५० पदक पदक जितेको छ । त्यस्तै तेस्रो स्थानको काभ्रेले ११ स्वर्ण, ९ रजत, १२ कास्य गरी कुल ३२ पदक हात पारेको छ । उता चौथो स्थानको भक्तपुरले ९ स्वर्ण, १० रजत ९ कास्य जित्दा ९ स्वर्ण, ४ रजत र १० कास्य गरी कुल २३ पदक सहित सिन्धुपाल्चोक पाँचौ स्थानमा छ ।
त्यसैगरी छैठौँ स्थानको ललितपुर ८ स्वर्ण, ११ रजत, १७ कास्य गरी ३६ पदक आफ्नो पाल्टामा पार्दा मकवानपुर ८ स्वर्ण, ४ रजत र ११ कास्य सहित सातौँ स्थानमा छ । रामेछाप ७ स्वर्ण, ८ रजत र १५ कास्य गरी कुल ३० पदक हात पारेको छ । नुवाकोटले ६ स्वर्ण, ५ रजत र १३ कास्य जित्दा दोलखाले ३ स्वर्ण, ९ रजत र ८ कास्य आफ्नो पाल्टामा पारेको छ । सिन्धुलीले १ स्वर्ण जित्दा धादिङ र रसुवाले स्वर्ण पदकमा खाता खोल्न सकेको छैन ।
पदक तालिका
