प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यूएईबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला

२०८० पौष ४, बुधबार १८:५० बजे

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला परेको छ ।

बुधवार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जानकारी दिए ।

नवजात शिशु बालिका भएको र के कारणले यस्तो भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ । घटनाको प्रकृति हेर्दा ‘मिसक्यारेज’ भएको जस्तो देखिएको र सोही विमानमा आएकी एक महिला अस्वस्थ छिन् । उनलाई अस्पताल पठाइएको बताइएको छ ।