प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बाटोमा हिँड्दाहिँड्दै पहिरो खसेपछि...

२०८० आश्विन ८, सोमबार ०६:४९ बजे

हेटौंडा – बाटोमा हिँडिरहेको अवस्थामा पहिरोले पुरिएर म्याग्दीमा सोमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका २ बेली गाउँका ५० वर्षीय तिर्थबहादुर विक रहेका छन् ।

गोठका गाईवस्तुलाई घाँस दिएर घर फर्कने क्रममा जेमखोला नजिकै खसेको पहिरोमा पुरिएर विकको मृत्यु भएको वडा अध्यक्ष उदय बुढाथोकीले बताए । उनका अनुसार विकलाई पहिरोले बिहान पौने ८ पुरेको हो । उनको शव डोजर परिचालन गरेर पहिरोबाट शव निकालिएको उनले बताए ।

सांकेतिक तस्वीर