काठमाडौं – जाजरकोटको भेरी नदिमा डुबेर एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका १ कालेगाउँस्थित नलगाड नगरपालिका ८ का बर्ष १५ का विवेक वि।क। को नदिमा पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमवार दिउँसो ४ बजे तिर साथी सँग पौडी खेल्न भेरीमा गएका उनको डुबेर मृत्यु भएको हो। नदीमा डुबेका बालकको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पुर्याइएकोमा लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।