प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आगलागीमा परेका दुईजना बालिकाको मृत्यु

२०८१ बैशाख २५, मंगलबार ०७:४१ बजे

काठमाडौं – ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेका दुईजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरी रहेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार रौतहटको राजदेवी नगरपालिका–४ घर भएका उनीहरू परिवारसँग ललितपुरको किष्ट अस्पताल नजिकै टहरामा बस्दै आएका थिए । मोबिल स्टोरमा आगलागी हुँदा घाइते भएका संजय गिरी, रुपा गिरी र १५ वर्षीय मित गिरीको किष्ट अस्पतालमा उपचार भइरहेको उनले बताए ।