हेटौंडा – आफ्नै छोराको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धनकुटा आफ्नै छोरा ३० वर्षीय संतोष ठाडा मगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पाख्रिवास नगरपालिका–९ उत्तरपानी बस्ने ५४ वर्षीय उपेन्द्र ठाडा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घरायसी बादबिबादमा उपेन्द्रले संतोषलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । खबर प्राप्त हुनासाथ प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।