हेटौंडा – सिरहाको लहानमा ट्याक्टरले स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
लहान नगरपालिका–२३ बथनाहास्थित सडकमा प्रदेश २–०३–००१ त ७५४२ नम्बरको ट्याक्टरले प्र.२–०१–००२प ८००१ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार अर्नमा गाउँपालिका–१ बस्ने २६ वर्षीय रोशन राय र उदयपुर त्रियुगा नगरपालिका–६ लालपत्ता बस्ने २६ वर्षीय सागर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रोशन रायको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सागर भुजेललाई थप उपचारको लागि विराटनगर नोबेल अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटना पश्चात् फरार रहेको ट्याक्टरको खोजी गर्ने क्रममा सखुवानन्कारकट्टी गाउँपालिका३ महदेवा स्थितमा सवारी धनी सोही ठाउँ बस्ने ४५ वर्षीय राजलाल यादवको घरमा पार्किङ गरी राखेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर धनी र चालक समेतको प्रहरीले खोजी गरिरहेको छ ।