हेटौंडा – पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ स्थितमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ बर्षीया सरिता राई रहेकी छन् ।
बुधबार बिहान साढे ७ बजे निजको फुसको छानो भएको १ तले भान्सा घरमा अचानक आगोलागी हुँदा राईको जलेर घटनास्थलमै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रबि पाँचथरबाट प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमाटमको लागि रबि आधारभुत अस्पताल पठाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट भान्सा घरमा रहेको खाद्यान्न, भाडावर्तन, लत्ताकपडा समेत पुर्णरुप जलेर नष्टहुँदा अन्दाजी ५ लाख बरावरको क्षेति भएको छ । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।