काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाह मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् ।
रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन्।
उनी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलियामा रहँदा घाँटीमा समस्या देखिएपछि सोमबार नेपाल फर्केकी थिइन्।