काठमाडौं – धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलको मार्की खेलाडीमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष चौधरीसँग सम्झौता गरेको छ ।
साविक उपविजेता समेत रहेको धनगढीले आशिषलाई मार्कीको रुपमा अनुबन्ध गरेको हो। पहिलो संस्करणको मार्की खेलाडीमा धनगढीले विशाल राईलाई अनुबन्ध गरेको थियो ।
२३ वर्षीय आशिषले सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्याईज यूनाईटेडबाट खेलेका थिए । उनले टोली यस पटक सहिद स्मारक लिगको विजेता बन्दा आशिषले महत्वपूर्ण योगदान गरेका थिए ।
उनले सन् २०२२ को सेप्टेम्बर २७ मा बंगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए । उनकै महत्वपूर्ण गोलमा गत जुनमा भएको साफ फुटबल प्रतियोगितामा पाकिस्तानबिरुद्ध नेपालले १ ० को जित हात पारेको थियो ।