प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा नगर प्रहरीद्वारा जफत सामग्री नष्ट

२०८० मंसिर १, शुक्रबार १८:२२ बजे


हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको नगरप्रहरीले जफत गरेको मिठाई, फलफुल र तरकारी सहितका सामग्री नष्ट गरेको छ । हेटौंडा– १० राप्ति खोला नजिकै खाडल खनेर जफत गरेको सामग्रीहरु नष्ट गरेको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

चाडवार्डको समयमा हेटौंडा बजारको फुटपाथमा बिक्रीका लागि राखेको मिठाई ८५ किलोग्राम र तरकारीहरु २२ किलो ५ सय ग्राम सामग्री नगर प्रहरीले बरामद गरेको थियो । नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालका अनुसार हेटौंडा बजार क्षेत्रको बुद्धचौक, खोपेगल्ली, राप्तीरोड लगायत क्षेत्रमा अव्यवस्थित ढंगबाट बिक्रीका लागि राखिएका सामग्री जफत गरीएको हो ।