हेटौंडा – भीमफेदी गाउपालिका-४ निवुवाटारमा विभिन्न पार्टी परित्याग गरि ५० जना नेकपा एमाले प्रवेश गरेका छन् । बिहिवार नेकपा एमाले भीमफेदी-४ कमिटीको आयोजनामा भएको वडा भेलाको अवसरमा नेकपा एस, नेपाली काङ्ग्रेस र माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका हुन् ।
नव प्रवेशिलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली र नेकपा एमाले मकवानपुरका संयोजक एवं खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले अबिर र खादा लगाएत स्वागत गरे ।
नव प्रवेशिलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले ठूलो संख्यामा पार्टी प्रवेशले विकासको काम नेकपा एमालेले मात्रै गर्छ भन्ने जनतामा विश्वास पैदा गरेको बताए । यस्तै उनले सबैलाई पार्टी सदस्य वृद्धि गर्न तर्फ लाग्न आग्रह गरे ।