प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु

२०७९ चैत्र २६, आईतबार ११:५८ बजे

हेटौंडा – स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३, गोपिने चौरस्थित स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१, सल्लाघारी बस्ने ३३ वर्षीय अशोक गुरुङ रहेका छन् । प्रहरीका अनुसार उनी स्वीमिङ पुलमा अचेत अवस्थामा फेला परेका थिए ।

साथीहरुले तत्काल उद्धार गरी उपचारकालागि धुलिखेल अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।