प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आमा र छोरा खरबारीमा मृत भेटिए, बाबु पक्राउ

२०८० मंसिर ३, आईतबार ०८:१२ बजे

काठमाडौं – प्युठानको नौबहिनी गाउँपालिका –३ मा आमा र छोरा खरबारीमा मृत फेला परेका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वर थापाका अनुसार शुक्रबार राति २२ वर्षीया रिमा बुढा र उनका ३ वर्षीय छोरा मुस्कान घरनजिकै खरबारीको पाखोमा मृत अवस्थामा फेला परेका हुन्।

रिमा र मुस्कान कात्तिक २७ देखि हराइरहेका भनिएको थियो। उनीहरू हराएको खबर शुक्रबार मात्रै माइती पक्षले प्रहरीमा दिएका थिए। रिमाका श्रीमान कमल बुढा मगर घरमै भए पनि उनीहरू हराएका बारेमा प्रहरीमा कुनै सूचना दिएका थिएनन्।

माइती पक्षबाट खबर पाएपछि प्रहरीले बेपत्ता आमाछोराको खोजीमा लागेको थियो । सोही दिन शुक्रबार रिमाको शव फेला परेको थियो भने त्यसको भोली पल्ट शनिबार छोराको शव भेटिएको डिएसपी थापाले बताए ।

उनका अनुसार आमाछोराका शवमा घाउखत रहेको छ । आमाछोरा हिँड्दै गर्दा लडेको अनुमान गर्ने आधार नदेखिएको उनले बताए। घटनाबारे अनुसन्धान गर्न रिमाका २३ वर्षीय श्रीमान कमललाई नियन्त्रणमा लिइएको डिएसपी थापाले जानकारी दिए।

शव पोस्टमर्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।