प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ओभरटेक गर्न खोज्दा मोटरसाइकल बसमा ठाक्कियो, एक जनाको मृत्यु

२०८० पौष २१, शनिबार २१:२४ बजे

काठमाडौं – ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोड २ स्थित चारपाने चोकमा शनिवार साँझ इलामबाट पिकनिक गएर फर्कँदै गरेको धरान– विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ख–०१४९ नम्बरको बससंग मे १ प ७२४८ नम्बरको मोटरसाइकल जुधेको थियो।

दुर्घटनामा परेर कन्काई ८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी कन्काई ५ का ५९ वर्षीय रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते भएका छन् । माझीको बिर्तासिटी र सिटौलाको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए। प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ।