प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

९० वर्षीय बुबाको हत्या गर्ने छोरा पक्राउ

२०८० श्रावण २६, शुक्रबार १४:०९ बजे

बारा – बारामा ९० वर्षीय बुबाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ। बुबा माइतसिं घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढको टोलीले ६० वर्षीय दिलबहादुर घलानलाई पक्राउ गरेको हो ।

शुक्रबार मध्याह्न जितपुर सिमरा उपमहानगरपालिकास्थित वडा नम्बर १६ को टाँगीया बस्तीका दिल बहादुरले घरायशी विवादका क्रममा बाबुको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।