प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा उपमहानगरले मिनी रंगशाला र फुटसल बनाउने

२०७९ असार १२, आईतबार ११:३८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले थप एक मिनी रंगशाला तथा फुटसल बनाउने भएको छ ।

उपमेयर राजेश बानीयाँद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम तथा बजेटमा उपमहानगरमा थप  एक मिनी रंगशाला तथा फुटसल निर्माण गरिने भएको हो ।

मिनी रंगशाला तथा फुटसल निर्माण कार्य प्रारम्भका लागि उपमहानगरले ८० लाख बजेट विनियोजन गरेको उपमेयर बानियाँले बताए ।