हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नविन सिग्देलको प्यानलै विजय भएको छ ।
गठबन्धनतर्फबाट नेपाली कांग्रेसका हरि प्रसाद पौडेललाई ८९ मतले पछि पार्दै उनी आफ्नो प्यानलसहित विजय भएका हुन् । सिग्दलले २ हजार ११२ मत प्राप्त गर्दा पौडेलले २ हजार २३ मत ल्याएका छन् ।
त्यस्तै वडासदस्य खुल्लातर्फ जगन्नाथ पाण्डे १९९६ र जनरल श्रेष्ठ १९६० मत प्राप्त गरि विजयी भएका छन् । महिला सदस्यमा गिता त्रिपाठी १९३१, र दलित महिला सदस्यमा बिष्णु माया देउला १९२० मत सहित विजय भएका हुन् । हेटौंडा–४ मा ५ हजार ७७ मत खसेको थियो ।