प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको राजपानी पार्कमा बृक्षारोपण

२०८० जेठ २०, शनिबार ०७:२२ बजे

हेटौंडा – विश्व वातावरण दिवसको अवसरमा आयोजित सप्ताव्यापी कार्यक्रम अन्तर्गत आज शनिबार हेटौंडा उपमहानगरपालिका–८ मा राजपानी पार्कमा बृक्षारोपण गरिएको छ ।

टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र वडा समन्वय समिति हेटौंडा ८ को संयोजन तथा राजपानी टोल बिकास संस्था र कन्चनजंघा बाल समुहको आयोजनामा पार्कमा बृक्षारोपण गरिएको हो ।

राजपानी टोल बिकास संस्थाका अध्यक्ष अर्जुन प्रसाद घिमिरेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यता तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब प्रसाद अधिकारीको विषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगर समन्वय समितीका महासचिव शिबहरि दाहाल, सचिब शुशिला मल्ल, सदस्य सुरेश लामिछाने,गोतामे मोक्तान, सुमित्रा पान्डे, वडा समन्वय समितिका अध्यक्ष बिष्णु अर्याल, उपाध्यक्ष गोपिनी खतिवडा, बृक्षारोपण कार्यक्रमका समन्वयकर्ता बिपिन घिमिरे तथा गणेश तिमल्सिना लगायत बिभिन्न टोल बिकास संस्था एवं बाल समुहका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न जातका २०० वटा बिरुवा पार्कमा रोपिएको टोल बिकाश संस्था नगर समन्वय समितीका महासचिव शिबहरि दाहालले जानकारी दिए । उनले रोपिएको बिरुवाको हेरचार र संरक्षणमा बिशेष ध्यान दिइने समेत बताए ।