प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जिप्रका मकवानपुर अगाडी ट्रकमा मोटरसाइकल ठोक्कियो

२०८० पौष २३, सोमबार १७:५८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित जिल्ला प्रहरी कार्यालय(जिप्रका) मकवानपुरको मोड अगाडी सोमबार दिउँसो ट्रकमा ठोक्किँएर मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका –१० न्यूरेनी बस्ने १९ बर्षीय रविन सुनार रहेका छन् । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत थानाभर्याङ तर्फबाट बसपार्क तर्फ आउदै गरेको लु १ क ५०६४ नम्बरको सिमेन्ट कंक्रिट मिक्स्चर मेसिन ट्रकमा बुद्धचोक तर्फबाट थानाभर्याङ तर्फ जादै गरेको ना ४५ प ९३३३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर ट्रकमा ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सुनारको टाउको र दाहिने खुट्टामा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।