काठमाडौं – पोखरा महानगरपालिका वडा नं.५ पस्र्याङको सिद्धार्थ बैङ्क अगाडी कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् ।
बा १३ च ३७२१ नम्बरको कारले पैदलयात्रीलाई आज बिहान ठक्कर दिएको हो । दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि कार चालक फरार छन् । कार भने प्रहरीको नियन्त्रणमा छ ।