प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले छुट्यायो ५ करोड

२०७९ असार १, बुधबार १२:०४ बजे

हेटौंडा – चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न बागमती प्रदेश सरकारले पाँच करोड बजेट बिनियोजन गरेको छ ।

बुधबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले गौतम बुद्ध क्रिकेट रंगशालाको लागि पाँच करोड विनियोजन गरेको बताए । उनले उक्त बजेट भरतपुर महानगरपालिकासंग सहकार्य गर्न विनियोजन गरिएको बताए ।