प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भित्री बस्त्रमा ब्राउनसुगर, हेटौंडाका दुई दिदीबहिनी पक्राउ

२०८० बैशाख २२, शुक्रबार ११:५४ बजे

हेटौंडा – प्रतिबन्धित लागुऔषध ब्राउनसुगर भित्री बस्त्रमा लुकाएर लैजादै गर्दा झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उमहानगरपालिका वडा नंं. १ घर भएकी २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट उनिहरु काठमाडौं जाने तयारीमा रहेका थिए । राजवंशीलाई शंका लागेर चेकजाँच गर्दा उनको भित्री बस्त्र (पेन्टी) गुप्ताङ्गमा लगाएको प्याडको भागमा प्याड आकारको साइज बनाई लुकाई लैजान लागेको लागूऔषध ब्राउन सुगर ७६ ग्राम ३४० मिलि ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पछिल्लो समयमा लागूऔषध कारोबारीहरुले प्रहरीलाई आँखा छल्न फरकफरक उपाय अपनाउँदै आएका छन् । प्रहरीका अनुसार उनीहरु दिदीबहिनी हुन् । राजवंशी झापा मेचीनगर बस्दै आएकी छिन् ।  दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।