प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

अर्काको नाममा परीक्षा दिने तिवारी पक्राउ

२०७९ श्रावण १२, बिहीबार ०९:२८ बजे

हेटौंडा – प्रहरीले एक जना नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।