प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

२०८१ कार्तिक २२, बिहीबार २०:१६ बजे

हेटौंडा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१० नितनपुर चोक अगाडि मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा वीरगंज महानगरपालिका–१९ बिन्दवासनीका २० वर्षीय राज मियाँ रहेका छन्। दुर्घटनामा सोही स्थानका १७ वर्षीया महबुब मियाँ र १६ वर्षीय बिक्की यादव घाइते भएको प्रहरीले जनाएको छ ।

पथलैयाबाट बिरगंज आउने क्रममा जीतपुर सिमरा–१० नितनपुर चोक अगाडि मधेश प्रदेश ०३–०२८ प ३९०९ नम्बरको मोटरसाइकल बिहीबार अनियन्त्रित भएर रेलिङमा ठोक्किएको थियो।

एल एस न्युरो अस्पतालमा उपचारको क्रममा मियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। उनका अनुसार घाइते महबुबको टाउकोमा चोट लागेको छ।