प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

रोनाल्डोको कीर्तिमान, पोर्चुगलको विजयी सुरुआत

२०७९ मंसिर ८, बिहीबार १८:३९ बजे

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुआत गरेको छ । बिहीबार राति भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले विजयी सुरुआत गरेको हो ।

कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले घानामाथि संघर्षपूर्ण जित निकालेको हो । घानाविरुद्धको खेलमा पेनाल्टीबाट गोल गरेपछि रोनाल्डोले फरक पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले खेलको ६५ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।

रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा आन्द्रे एयुले गोल गर्दै घानालाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ७८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३–१ को अग्रता दिलाए । खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरे । तर बाँकी समयमा घानाका खेलाडीले गोल गर्न नसकेपछि पोर्चुगल ३–२ ले विजयी भयो ।

जितसँगै समूह ुएचु को पोर्चुगल ३ अंक सहित शीर्ष स्थानमा रहेको छ । पुछारमा रहेको घानाले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । यसअघिको खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका उरुग्वे दोस्रो स्थानमा रहदा दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।