प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यू–१९ विश्वकप क्रिकेट: आज न्युजिल्यान्डसँग खेल्दै नेपाल

२०८० माघ ७, आईतबार ०८:०२ बजे

काठमाडौँ – यु–१९  विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दैछ। नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको हो। खेल नेपाली समयअनुसार १:४५ बजे सुरु हुनेछ ।

यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो। नेपालले सन् २००६ र २०१६ मा न्युजिल्यान्डलाई हराएको थियो ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । न्युजिल्यान्डसँगै नेपालको समूहमा अफगानिस्तान र पाकिस्तान पनि परेका छन् । 

नेपालका कप्तान देव खनालले ८ वर्षपछि विश्वकपमा फर्कदा खुसी लागेको बताए, ‘हामी निकै उत्सहित छौं। ८ वर्षको पर्खाइपछि हामी यू–१९ विश्वकप खेल्दैछौँ। विश्वकप हाम्रा लागि सपना हो र सम्पूर्ण देशका लागि विशेष कुरा हो।'

नेपाल टिम

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।

न्युजिल्यान्ड टिम

ओस्कर ज्याक्सन (कप्तान), मासन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेक्मत, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रो, इवाल्ड श्रुडर, लाचलान स्ट्याकपोल, ओलिभर टेवाटिया, एलेक्स थम्पसन, रायन सोर्गास, ल्यूक वाटसन।