प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

रामेछापमा बस दुर्घटना, ९ जनाको घटनास्थलमै मृत्यु

२०७९ असार २१, मंगलबार ०६:१२ बजे

काठमाडौं – रामेछाप सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भए जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए।

त्यस्तै बस दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनाको कारण भने खुलिसकेको छैन। प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ।