काठमाडौं – आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने प्रलोभनमा पारी तीन जना युवाको १५ लाख रुपियाँ ठगी गर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ का ४६ वर्षीय मेघलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
क्रोएसियाको फर्निसिङ तथा माछा फार्ममा मासिक एक लाख रुपियाँमा जागिर लगाइदिने भन्दै रकम ठगी गरेको भन्दै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।
वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आरोपितलाई पक्राउ गर्न भनी पत्राचार गरेको थियो । सोमबार बिहान काठमाडौंको मीनभवनबाट पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभाग पठाइएको छ ।