प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा अस्पतालको सेवा नयाँ भवनबाट सुरु

२०७९ भाद्र २०, सोमबार ०६:१३ बजे

हेटौंडा – मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको सेवा नयाँ भवनबाट सुरु भएको छ । नयाँ भवनबाट सेवा सुरु भएपछी धेरै विरामीलाई थप सहजता भएको छ । पहिले पुरानो भवनमा हुँदा आकस्मीक कक्षमा सात वटा बेढबाट सेवा दिइएको भएपनि अहिले आकस्मीक कक्षमा २४ वटा बेढबाट बिरामीको उपचार गरिरहेको मदनभण्डारी स्वाथ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए ।

अबको एक हप्तापछी जनसक्ति थप गरेपछी अस्पतालको सेवा विस्तार गरेर बिरामीलाई लाइनमा बस्नुपर्ने बाध्यता पनि कम गर्न लागिएको प्रसाईले बताए । अस्पतालमा नयाँ भवन बनेर सेवा सुरु गरेसंगै धेरै विरामीलाई सहजता भएको छ । अस्पतालमा उपचार गर्न आउनेहरुको निकै भीड हुने गरेको भएपनि अहिले नयाँ भवनबाट दिइएको सेवामा भने थोरै भनेपनि राहत मिलेको बिरामीहरु बताउँछन् ।

हेटौंडा अस्पतालले सूचना प्रकासन गरेर माग गरेको एक सय ४९ जना जनसक्ति राखिसकेपछी उपचार सेवामा अझै सहजता हुने प्रसाईले बताए । नयाँ भवनबाट आकस्मिक र ओपीडि सेवा दिन सुरु गरिएको छ । पुरानो र जिर्ण रहेको भवनबाट नयाँ भवनमा सेवा सुरु गरेपछी मकवानपुरवासी धेरै खुसी समेत भएका छन् । नयाँ भवनमा अब अस्पताललाई चाहिने बिभीन्न सामाग्री थप गरेर जनसक्ति पनि थप गरेपछी छिटो, छरितो र व्यवस्थित सेवा दिन सकिने उनले बताए ।

हेटौंडा अस्पतालको नयाँ भवनमा सेवा विस्तार गर्नका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले १४९ जना कर्मचारीहरु माग गरेको छ । प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नको लागि विभिन्न तहका १४९ जना कर्मचारीहरु माग गरेको हो । यही भवनमा सेवा विस्तार गर्नका लागि थप जनसक्ति आवस्यक परेकाले १४९ जना कर्मचारी माग गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए ।