प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढी २ मा वडाअध्यक्षको खेलकुदमा घृणित राजनीति, अवैधानिक समितिमार्फत बजेटको दोहन

२०८१ कार्तिक ११, आईतबार १६:३९ बजे

हेटौंडा – कुनै पनि संस्थाले दर्ता प्रक्रिया पुरा गरेपछि विधानमा उल्लेख भएको विषयमा क्रियाकलाप गर्न पाउने उसको अधिकार हो । तर मकवानपुरगढी गाउँपालिका वडा नं.२ का वडाअध्यक्षले त्यो अधिकारलाई हस्तक्षेप गर्न घृणित राजनीति गरेको पाइएको छ ।

प्रसंग मकवानपुरढीको खेलकुदको हो । घृणित राजनीतिको घटना क्रम यसरी सुरु हुन्छ । विक्रम संवत् २०७४ सालमा मकवानपुरगढी गाउँपालिकामा पहिलो पटक रनिङ्गशिल्ड फुटसल प्रतियोगिता आयोजना हुन्छ । पालिकामा खेलकुदको माहोल र उत्साह राम्रो बन्छ ।

सो प्रतियोगितासंगै उत्साहमा सहभागी हुने क्लबहरुमध्ये एक थियो उद्यमशिल नेपाल । पहिलो र दोस्रो संस्करणमा सहभागितापछि खेलाडी उत्पादनमा जोड दिने उद्देश्य बनायो । उमेर र बल पुगेका खेलाडी मात्रै फुटसब/फुटसल खेल्ने हो भन्ने मान्यतालाई चिर्दै १६ बर्ष मुनीका खेलाडीहरु मैदान उतार्ने निर्णय गर्यो ।

त्यतिबेलाबाट सुरु हुन थाल्यो वडाअध्यक्षको राजनीति । प्रतियोगितामा उद्यमशिल नेपाललाई सहभागी हुनबाट रोक्ने । वडाबाट तीन टिम सहभागी हुन पाउने नियम थियो । उद्यमशिल सहित ३ टिम तयार थिए ।

तर डमी टिम तयार गरेर उद्यमशिललाई मात्रै छनोट खेल खेलाउन बाध्य पारिएको थियो । त्यति बेला उद्यमशिलका यू–१५ टिमले डमी टिमलाई पराजित गरेर सो सहभागी हुनु पर्यो ।

पहिलो चरणमा लिग खेलाईने उक्त प्रतियोगितामा उद्यमशिलले नककाउट चरणमा प्रवेश पाएन । तर १५ बर्षभन्दा काम उमेरका खेलाडीहरुको खेल्ने शैलीले त्यतिबेलाको आयोजक टोली गढीस्टार स्पोर्टस् क्लब सहित अधिकांश सहभागी क्बल र खेल प्रेमी दर्शकरुको मन जित्यो ।

चौंथो र पाँचौ संस्करणमा खेलकुद टिम दर्ता गर्न वडा कार्यालयबाट सिफारीस दिने नदिने विषयमा बिवाद हुथ्यो । लामो विवादपछि वडाले सिफारीस त दिन्थ्यो, तर वडाबाट जाने टिममध्ये खेलकुद सामाग्री उपलब्ध गराउने बिषयमा उद्यमशिललाई वडाअध्यक्षले विभेद गर्थे ।

“भाईहरुको सानै उमेर छ, खेल्ने शैली धेरै राम्रो छ खेल जित्न बल पुगेको छैन, प्रशिक्षण राम्रो दिनुस् भविष्यमा राम्रो खेलाडी बन्छ” भन्दै प्रतियोगितामा सहभागीहरुले सुझाब दिए । उद्यमशिलको नेतृत्वमा प्रशिक्षक सहित प्रशिक्षण गरायो ।

क्लबबाट एन्फाले गर्ने उमेर समुहको खेलाडी छनोटमा समेत पठायो । जिल्ला प्रदेश हुँदै केन्द्र छनोट सम्मम पुगे । त्यो कुराले पालिकाभर राम्रो चर्चा समेत पाएको थियो ।

त्यसपछि अबैधानिक समिति खडा
छैटौं सस्करणको मकवानपुरगढी रनिङ्गशिल्ड फुटसल प्रतियोगितामा सहभागी हुन टिम दर्ता सिफारीसको लागि वडाकार्यालयमा सिफारीस माग गरियो । “वडाको सम्पूर्ण खेलकुद गतिविधि गर्न खेलकुद विकास समिति गठन गरिएको छ, समितिको पदाधिकारीसंग छलफल गर्नुस् ” भनेर सिफारिस क्बलका प्रतिनिधिलाई सिफारिस दिन मानेको थिएनन् ।

के हो खेलकुद विकास समिति वडा नम्बर २ ?
मकवानपुरगढी गाउँपालिका कार्याविधि–२०७५ को दफा ४ को १ बमोजिम खेलकुद विकास समितिको गठन हुनेछ तर वडा खेलकुद विकास समिति गठन हुने ब्यवस्था उल्लेख छैन । मकवानपुरगढी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष पाख्रिनले कसरी खेलकुद विकास समिति वडा नम्बर २ गठन गरि राजनीतिक नियुक्ती दिए । अहिले खेलकुद विकास समिति वडा नम्बर २ भन्दैै खेलकुद गतिविधि सञ्चालन भइरहेको छ ।

वडा नम्बर २ खेलकुद विकास समितिको नाम दिएर खेलकुद सामाग्री खरिद भइरहेको छ । त्यति मात्रै होइन, सरकारी निकायबाट बैधानिकता प्राप्त संस्थाको गतिविधिमा समेत हस्तक्षेप गरिरहेको छ ।

यस्तो छ खेलकुद कार्यविधि पढ्नुस् 

 

वडाअध्यक्ष पाख्रिनको अवैधानिक काम, उस्तै जवाफ
मकवानपुरगढी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष बखान सिंह पाख्रिनको मकवानपुरगढी गाउँपालिका खेलकुद कार्यविधि २०७५ मा वडाखेलकुद विकास समिति गठन गर्ने कुनै पनि कानुनी व्यवस्था नभएता पनि उनले आफ्ना कार्यकर्तालाई कार्यविधि विपरित समिति गठन गरी राज्यको कोष अपचलन गर्ने नियत प्रष्ट छ ।

यस बिषयमा प्रहर खबर डटकमले प्रश्न गर्दा मुद्दा लगाएर पठाउनु फलफुल लिएर भेट्न भिमफेदी आउनु भन्ने उत्तर दिए । करिब २५ मिनेटको टेलिफोन सम्बादमा उनले विषय बस्तु विषयान्तर र अतिरञ्जित गर्न खोजीरहे ।

यतिमात्र नभई वडाअध्यक्ष पाख्रिनले अवैधानिक समितिलाई समेत सिफारिस उपलब्ध गराएका छन् । वडा कार्यालयबाट पठाएको उक्त सिफारिसमा उल्लेख गरिएको खेलाडीको नामवली आफु खुशी केरमेट गरी थपघट समेत गरिएको प्रमाण प्रहर खबरले फेला परेको छ । स्रोतका अनुसार उक्त खेलकुद विकास समिति वडा नम्बर २ का अध्यक्ष राजकुमार मोक्तान र खेलकुद विकास समिति मकवानपुरगढीका हिरा बहादुर स्याङ्तानको जिम्मामा पठाईएको थियो ।

हेर्नुहोस यस्तो छ सिफारिस 

यसै बिषयमा मकवानपुरगढी गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख राम बहादुर घलानसंग बुझ्दा कार्यविधि अनुसार गतिविधि हुन नसकेको र अनुगमन पनि हुन नसकेको स्वीकार गरे । खेलकुद संरक्षण, सम्बर्दन र प्रवर्दन गर्ने मुख्य जिम्मेवारीमा रहेकी यसै पालिकाको उपध्यक्ष मानकुमारी नेपाली(पाख्रिन)ले कार्यविधिमा के–के उल्लेख छ आफुलाई जानकारी नभएको बताईन ।