प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बसपार्कबाट लागुऔषध बरामद

२०८० बैशाख २४, आईतबार ०२:१२ बजे

हेटौंडा – हेटौंडा उमहानगरपालिका–१० बसपार्कबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको गस्ती टोलिले शुक्रबार गस्ती गर्दै जाने क्रममा बासपार्कको टर्मिनलको पेटिबाट लागुऔषध फेनरागन ६०० एम्पुल, नुरफिन ६०० एम्पुल र डाईजोपाम ६०० एम्पुल बरामद गरेको हो ।

उक्त सामन कसले राखेको हो भन्ने बारे आवश्यक अनुसन्धान कार्य भईरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।