हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.३ कौगेडीमा एक वृद्ध महिला मृत अवस्थामा फेला परेकी छन् ।
शुक्रबार बिहान ६१ बर्षीय साबित्री पाण्डे घरबाट करिब १०० मिटर पुर्ब गोरेटो बाटोमा मृत अबस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पाण्डे कौगेडीस्थित माइती घरमा बस्दै आएकी थिइन् । घटनाको मुचुक्का पश्चात शव पोटमाटमका लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।