प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सास फेर्न गाह्रो भएर एक पुरुषको मृत्यु

२०८१ जेठ २०, आईतबार १९:३८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ कर्रामा एक जनाको मृत्यु भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार एक्कासी सास फेर्न गाह्रो भएका सप्तरी तिलाक्षी गाउँपालिका–५ तोप्पा बस्ने ४८ बर्षीय रामविर रामको मृत्यु भएको हो ।

गुणनिधी दाहालको घरमा डेरा गरी बस्ने रामलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।