प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा टेलर गाडीले मोटरसाइकललाई ठक्कर दियो

२०८० आश्विन ११, बिहीबार २०:४४ बजे

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.९ मा बुधबार टेलर गाडीले मोटरसाइकललाई ठक्कर दिंदा एक जना घाइते भएका छन् ।

हेटौंडा तर्फबाट पथलैयातर्फ जादै गरेको प्र.२–०३–००१ ख २७५० नम्बरको टेलर गाडीले बिपरीत दिशा तर्फबाट आउदै गरेको बा.प्र.०२–०३८ प १४९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार गाडी ठक्करबाट मोटरसाइकल चालक बारा निजगढ नगरपालिका वडा नं.३ बस्ने ३१ बर्षीय सुर्य बहदाुर घेवा घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका दुबै सवारी र टेलर गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

सांकेतिक तस्वीर