हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–३, लामिटारस्थित आफ्नै घरमा बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार ४२ वर्षीय प्रकाश राई घरमै बेहोस अवस्थामा फेला परेको र उनको उपचारका क्रममा हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको हो ।
उनकी श्रीमतीले बेहोस अवस्थामा देखेर उनलाई तुरुन्त उपचारका लागि हेटौंडा अस्पतालमा पुर्याएकी थिइन्। हेटौंडा अस्पतालका चिकित्सकले बुधबार साँझ १८स्२० बजे उनको मृत घोषणा गरेका छन्।
अस्पतालका प्र।क।मार्फत प्रहरीलाई जानकारी गराइएको छ, तर मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। शव हाल हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय नेवारपानीबाट करिब ४ किलोमिटर पश्चिमतर्फ पर्छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।