प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

शहिद दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम

२०७९ माघ १६, सोमबार १४:२५ बजे

हेटौडा – शहीद दिवशको अवसरमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । अनेरास्ववियु मकवानपुरका जिल्ला अध्यक्ष भुवन मैनालीको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारको प्रथम मुख्यमंत्री डोरमनी पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

हेटौडा १० स्थित बुद्धचोकमा शहीद दिवशको अवसर पारेर रगतको अभावले बिरामीको सेवामा सहयोग पुर्याउने उद्दश्यका साथ रक्तदान जीवनदान कार्यक्रम आयोजना गरिएको सभाध्यक्ष भुवन मैनालीले बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जुनेली माया श्रेष्ठ, नेकपा एमाले प्रदेश कमिटी सदस्य रघुनाथ खुलाल, बागमती प्रदेश सरकारको श्रम,रोजगार तथा यातायात मन्त्री माननीय एकलाल श्रेष्ठ,जिल्ला प्रशासन मकवानपुर प्रमुख राजेन्द्र देव पाण्डे ,जिल्ला प्रहरी प्रमुख बाम देव गौतम लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति सहित ३५ जनाले रक्तदान गरेको आयोजकले बताएका छन् ।