हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोस्टमा लागूऔषधसहित दुई व्यक्ति पक्राउ परेका छन्।
पुष ३ गते साँझ १७:३० बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्गमा पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको ना ६१ प ७४९२ नम्बरको मोटरसाइकललाई रोकी खानतलासी गर्दा लागूऔषध वनरेक्स एक सय एमएलका ५ बोतल फेला पारेको हो।
मोटरसाइकल चालक मकवानपुर, हेटौंडा उपमहानगरपालिका–६ का २५ वर्षीय निश्चल विश्वकर्मा र पछाडि सवार बारा, जितपुर सिमरा उपमहानगरपालिका–३ का १९ वर्षीय आर्यन अन्सारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले छ।
पक्राउ परेकाहरूमाथि मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।