काठमाडौँ – बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जना नक्कली मोही पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। उनले पक्राउ परेकाले ११२ रोपनी सरकारी जग्गा र नक्कली टिकिछा गुठीको नाममा हडपिने क्रममा नक्कली मोही बनेर जग्गा प्राप्त गरेका थिए ।
यही प्रकरणमा ब्युरोले आइतबार नापी विभागका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । ललितानिवास प्रकरणमा सिआइबीले ठगी र सङ्गठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ।