प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एसईईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्रीले दिए बधाई

२०८२ असार १३, शुक्रबार २०:४९ बजे

हेटौंडा ।  राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार माध्यमिक शिक्षा परीक्षा(एसईई) नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् । यसैबिच उत्तीर्ण विद्यार्थीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ग्रेड प्राप्त विद्यार्थीहरूलाई बधाई दिएका हुन् ।

उनले लेखेका छन्,'एसईई परीक्षामा ग्रेड प्राप्त गर्नु भएका भाइबहिनीहरूलाई हार्दिक बधाई ! यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ ।

गत वर्ष  ४७.८६% प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी नन ग्रेडेड रहनु परेको थियो ।

बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ। सबै भाइबहिनीहरूलाई बधाई !'