हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ गौरिटारमा शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हेर्न आएका एक दर्शकमाथि कुटपिट भएको छ ।
पार्किङ्ग व्यवस्थापनमा खटिएका कर्मचारीहरुले गोल्डकप हेर्न आएका हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे बस्ने ४४ वर्षिय टिकाराम तामाङलाई कुटपिट गरेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अनुसार मैदानको प्रबेश गर्ने गेट नजिकै पार्किङको बिषयमा बिवाद हुँदा तामाङ्गमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न करिब एक दर्जन बढी रहेको बताईएको छ ।
प्रहरीले तीमध्ये हेटौंडा–१५ शिखरपानी बस्ने २० बर्षी निशान गोङबार र २५ बर्षीय आशिष बम्जनलाई पक्राउ गरेको थियो । भोली पल्ट जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थिती गराउने गरी वडाअध्यक्षको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।