हेटौंडा – मकवानपुरको हेटौंडामा लागुऔषध ब्राउन सुगर सहित एकजना पक्राउ परेका छन् । बिहीबार हेटौंडा १५ रातोमाटेबाट १८ ग्राम ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा बाराको प्रसौनी ५ का ४१ वर्षका रमेश महतो नुनिया रहेका छन्। पक्राउ गरिएको महतो माथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।