प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु, तीन जना घाइते

२०८० पौष १८, बुधबार १०:२६ बजे

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौडा उपमहानगरपालिका–११ थानाभर्याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा डडेलधुरा आलिताल गाउँपालिका ६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत २५ वर्षिय प्रहरी जवान बिनोद एडी रहेका छन् । हेटौंडा बजार तर्फबाट नवलपुरतर्फ जादै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले बुधबार बिहान सडकको किनारमा दौडिदै गरेका प्रहरी जवान बिनोद, नवराज सार्की र बिजय खत्रीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका दुबैलाई उपचारका लागि हेटौंडा अस्पताल पठाईएकोमा बिनोटलाई डाक्टर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार घाइते जवानद्वय नवराज र बिजय उपचारपछि डिस्चार्ज भएका छन् ।

ठक्कर दिने मोटरसाइकल हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौर बस्ने ४१ वर्षिय लक्ष्मण लामा भने गम्भीर घाइते भएका छन् । टाउको र हातमा चोट लागेको उनको हेटौडा अस्पतालमा अस्पतालमा उपचार सम्भव नभएपछि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।