काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जवाफी पत्र पठाएका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाएको एन्फा महासचिव किरण राईले जानकारी दिए ।
एन्फा महासचिव राईले अलमुताइरीको पत्र प्राप्त भएको र पत्रको अध्ययन र छलफलपछि सार्वजनिक गरिने बताए ।एन्फाले गत साउन अन्तिम साता छानविन समितिले दिएको प्रतिवेदनका आधारमा जवाफ माग्दै प्रशिक्षक अलमुताइरीलाई पत्र पठाएको थियो । गत बैशाखमा राष्ट्रिय टोलीका १० सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।