प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अनन्त थापा नियुक्त

२०७९ माघ १५, आईतबार ११:१९ बजे

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापालाई नियुक्त गरेको छ ।

एन्फाका महासचिव किरण राईले आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थापालाई नियुक्तिको पत्र हस्तान्तरण गरेका हुन् ।

टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा नियुक्त भएका छन् ।

मैत्रीपूर्ण खेलको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरिएको छ । राष्ट्रिय महिला टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ । खेल भारतमा फेब्रुअरी १३ देखि २५ सम्म हुनेछ ।