हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.६ सिम्लेस्थित एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । सोमबार साँझ स्थानीय पाण्डप श्रेष्ठ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठ र ढुङगा माटोले बनेको खाली घरमा अचानक आगोलागी भएको र घर पुर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनका अनुसार आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार घर धनी श्रेष्ठ काठमाडौं बसोबास गर्दै आएका छन् ।