हेटौंडा – मकवानपुरमा मनहरी गाउँपालिका– ६ नयाँबस्तिमा एम्बुलेन्स दुर्घटना भएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवन जाँदै गरेको ना २ च ४१६१ नम्बरको खाली एम्बुलेन्स आफै अनियन्त्रीत दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता टेक बहादुर कार्कीका अनुसार दुर्घटनामा एम्बुलेन्सका चालक भरतपुर महानगरपालिका वडा नम्बर– १० बस्ने २६ वर्षिय राजु श्रेष्ठ घाइते भएका छन् ।
उनको खुट्टा र ढाडहरुमा चोट लागेको छ । उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा लगिएको प्रवक्ता कार्कीले बताए ।
आफै अनियन्त्रीत दुर्घटना भएको एम्बुलेन्स सडकबाट करिब ४ मिटर तल बारीमा खसेको थियो ।
प्रतिगात्मक तस्वीर