प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा जंगली हात्तीले फेरी ३ वटा घर भत्कायो

२०८० पौष १४, शनिबार ०८:१५ बजे

हेटौंडा – जंगली हात्तीले मकवानपुरको मनहरी गाउँपालिकामा थप तीन वटा घरमा क्षति पुर्याएको छ भने धान र चामल पनि खाईदिएको छ । शुक्रबारराती मनहरी गाउँपालिका वडा नं.७ सान्तिटोल स्थानीय संजय साह, लक्ष्मी परियार र र वडा नं.८ सिमपानी शिबलाल प्रजाको घरमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार साहको घरको ढोका भत्काएर १ बोरा धान र परियारको ब्लकले बनेको जस्ताले छाएको एक तले घरको १ साईडको भित्ता भत्काएको छ । त्यस्तै प्रजाको ब्लकले बनेको जस्ताले छाएको १ तले घरको छानो र १ साईडको भित्ता भत्काएर १ बोरा चामल खाएको प्रहरीले जनाएको छ ।

खानेकुरा खोज्दै मनहरीको बस्तीमा पल्केको हात्तीलाई स्थानीय, प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जको नेपाली सेनाको टोलीले जंगलतर्फ लखेटेका थिए । घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

जंगली हात्तीले मनहरीमा वितेको २/३ हप्ताको अवधिमा करिब दर्जन बढी घरहरुमा क्षति गरिसेको छ भने हात्तीकै आक्रमणबाट गत शनिबार राती मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५१ बर्षीया कान्छिमाया तामाङलाई आक्रमण गरी घाइते बनाएको थियो । 

हात्तीको कारण गाउँबासीमा त्रास बढेको छ भने रातमा राम्रोसंग सुत्न पाएका छैनन् । किसानले खेतबारीमा लगायतको अन्नबाली समेत क्षति गर्दै आएको छ । हात्ती नियन्त्रण गर्न निकुञ्जले चासो नदेखाएको मनहरीबासीको गुनासो छ । फाइल तस्बीर 

 

यो पनि पढ्नुहोस् 

मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते

मनहरीमा जंगली हात्तीले आतंक मच्चाउन छाडेन

मनहरीमा हात्तीको श्रृङ्खलाबद्ध वितण्डा, घर बाहिर निस्कन रोक

मकवानपुरको मनहरीमा बाघपछि हात्तीको आतंक

मकवानपुरमा जङ्गली हात्तीको उपद्रो