हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ सुनाचुरीबाट सोमबार लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।
मनहरीबाट लोथर तर्फ पैदल हिडिरहेका तनहु भिमाद नगरपालिका वडा नं.७ पल्ट्याङ बस्ने १६ बर्षीय किशोर र २४ बर्षीय बिशाल परियारलाई लागुऔषध सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट क्युनोफिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र फेनारगन ८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।