प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कांग्रेसले असंसदीय व्यवहार गर्यो– प्रमुख सचेतक बर्तौला

२०८१ जेठ ३, बिहीबार २०:२५ बजे

काठमाडौँ – नेकपा एमालेले प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अरजकता मच्याएको आरोप लगाउदै संसदमा मुठभेडको थलो नबनाउन आग्रह गरे ।

उनले कांग्रेसले संसदमा आफ्नो कुरा लादिरहने र अरुको कुरा नसुन्ने बाटोमा हिडिरहेको आरोप लगाए ।

उनले कांग्रेसले संसद अवरोध गरिरहे बैठक अगाडी बढ्ने दाबि गर्दै संसदलाई बन्धक बनाउन नमिल्ने बताए ।